काठमाडौँका सुकुमवासी बस्तीमा आजदेखि डोजर चल्ने: थापाथली र सिनामंगलबाट सुरु गरिँदै अभियान

काठमाडौँका सुकुमवासी बस्तीमा आजदेखि डोजर चल्ने: थापाथली र सिनामंगलबाट सुरु गरिँदै अभियान

  • शनिबार, बैशाख १२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आज (शनिबार) देखि महानगरभित्रका सुकुमवासी बस्ती हटाउने कार्य सुरु गर्ने भएको छ। पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका बस्तीहरू हटाउने तयारी गरिएको महानगरले जनाएको छ।

महानगरको योजना अनुसार, सुरक्षाकर्मी र डोजरसहितको टोली सुरुमा थापाथली पुग्नेछ र त्यसपछि सिनामंगल क्षेत्रमा परिचालन हुनेछ। बिहीबार साँझ नै महानगरको टोलीले ती क्षेत्रहरूमा माइकिङ गर्दै शुक्रबारसम्म बस्ती खाली गर्न अन्तिम चेतावनी दिएको थियो।

महानगरले शुक्रबारसम्म बस्ती खाली नगरे शनिबारदेखि बल प्रयोग गरिने र त्यस क्रममा हुने संरचनाको क्षति वा व्यक्तिगत सम्पत्तिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारेको छ। महानगरको यस कदमपछि कतिपय स्थानीयले शुक्रबारदेखि नै आ-आफ्नो सामान लिएर बस्ती छाड्न थालेका छन्। पहिलो चरणको अभियान सफल भएपछि दोस्रो चरणमा अन्य बाँकी बस्तीहरू पनि हटाइने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ