११ बैशाख, काठमाडाैं । सरकारले भन्दै आइरहेकाे लामाे समयदेखि बागमती किनारमै रहेकाे थापाथलीकाे सुकुम्वासीकाे नाममा अवैध ढंगबाट बसाेबास रहेकाे बस्ती त्यहाँ रहेका मानिसहरूले नै खाली गरिदिएका छन् । केन्द्र सरकारले खाली नगरे भाेलि शनिबार बिहान ६ बजेबाट डाेजर लगाएर भत्काई अवैध रूपमा रहेका घर टहरा हटाउने चेतावनी हिजाे साँझ मात्र दिएकाे थियाे ।
साेपछि २४ घण्टा नबित्दै बसाेबस गरिरहेका मानिसहरू आफैंले संरचना भत्काई खाली गरेका हुन् । याे समाचार तयार पार्दासम्ममा बस्ती लगभग खाली भइसकेकाे देख्न सकिन्छ । छानाका टिनपाता निकाल्ने साटाबाटा हटाउने काम गरिरहेका छन् । धेरैले त्यसाे नगरी छाडेर हिँडिसकेका छन् ।
टेलिभिजन सेट, फ्रिज, भाँडावर्तन, ओढ्ने-ओछ्याउने र लत्ताकपडा अनि राम्रा फर्निचर लगायत सामान अन्यत्र सारिसकेका छन् भाे काेही गाडीमा लाेड गर्ने काम गरिरहेका देख्न सकिन्छ । बस्तीमा विभिन्न समुदायका करिब ३०० परिवार रहेकाे अनुमान गरिन्छ । बस्तीमा वृद्ध वृद्धा, बालबच्चा समेत रहेका छन् ।
ठाउँ छाडेका उनीहरूलाई पाल्दै आइरहेका हाँस, कुखुरा, कुकुरकाे व्यवस्थापनमा भने समस्या परेकाे देखिन्छ । बस्तीमा केहीले केरा समेत लगाइएकाे पाइन्छ । झण्डै एक किलाेमिटर दूरी ओगटेकाे बस्तीमा केहीले बागमती किनारकाे भागमा मकै, तरकारी बाली लगाएकाे देखिन्छ । शुक्रबार साँझसम्ममा बस्ती पुरै खाली हुने अनुमान लगाउन सकिन्छ ।
बस्ती छिर्ने दुई वटा नाका रहेका छन् । बस्ती र नाकामा प्रहरीले निगरानी बढाएकाे अवस्था छ । ठाउँ छाड्नेहरू कसैलाई पनि सरकारले राख्न छुट्टयाएकाे भनिएकाे स्थानकाे चासाे नभएकाे पाइन्छ । उनीहरू सबै मनखुशीले आ-आफ्नै गन्तव्यतर्फ हिँडेका देखिन्थे ।
यसभन्दा करिब ३ वर्ष पहिल्यै काठमाडाैं महानगरपालिकाले सुकुम्वासीलाई अन्यत्र सारेर बस्ती हटाउन खाेजेकाे थियाे । त्यसबेला यहाँका मानिसहरू प्रतिकारमा उत्रिका कारण सफल हुन सकेकाे थिएन । यसपटक केन्द्र सरकार नै बस्ती हटाउन लागिपरेकाे हाे ।










