११ बैशाख, काठमाडाैं । सरकारले भाेलि शनिबार बिहान ६ बजेसम्ममा बस्ती खाली गर्न दिइएकाे यतिखेर भीड लागेकाे छ । संसदमा प्रतिपक्षी रहेका श्रम संस्कृति पार्टीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्छा गरेर मात्र हटाउनुपर्ने भनिरहेकाे छ ।
यसबिचमा पार्टीका महासचिव दिउँसाे २ बजे बस्तीमा पुगेर वैकल्पिक व्यवस्था नगरेसम्म बस्तीमा डाेजर नचलाउन सरकारसँग माग गरेका छन् ।
राई पुगेपछि बस्ती हटाउने सरकारकाे कदमकाे विराेध गर्न केही संख्यामा सुकुम्वासीले कुरा राखे । साे कुरालाई आफूले सडकदेखि संसदसम्म आवाज उठाउने बताए । ‘यहि मैदानबाट सरकारलाई भन्छु, हटाउनु हुँदैन भन्ने हाेइन, छनाैटसहितकाे वैकल्पिक व्यवस्था गरिसकेपछि मात्र हटाउन जाेडदार माग गर्दछु’ सांसदसमेत रहेका महासचिव राईले भने ।
पातालाे संख्याका भीडमा मानिसहरूले श्रम संस्कृतिका मान्छेलाई मात्र बस्तीमा आउन दिने र अन्य दललाई छिर्न नदिने भन्दै आक्राेश पाेखेका थिए । बस्तीमा अहिले बसाेबास गर्दै आइरहेका मानिसहरू आ-आफ्नाे सरसामन सुरक्षित स्थानतर्फ ओसार्ने काममा व्यस्त देखिन्छन् ।
सरकारले यसपटक काठमाडाैंका थापाथली, शान्तिनगर गैरीगाउँ र जडिबुटी मनाेहरा खाेला किनारमा सरकारी जग्गामा टहरा हालेर बस्दै आइरहेका मानिसहरूलाई हटाउने याेजनासहित कार्यक्रम अगाडि बढाएकाे छ । उसले मुलुकमा एक खालकाे तरंग गएकाे छ ।
सरकारले भने बन्दाे बस्तीसहित व्यवस्था मिलाइसकिएकाे र बस्ती खाली गरिसकेपछि वास्तविक सुकुम्वासीलाई जग्गाकाे कानुनी अधिकारसहित राखिने स्पष्ट पार्दै आइरहेकाे छ ।
तस्बिरः मिर्मिरे अनलाइन