थापाथलीकाे ‘सुकुम्वासी’ बस्तीमा ठाउँ छाड्नेहरूकाे दाैडधुप

थापाथलीकाे ‘सुकुम्वासी’ बस्तीमा ठाउँ छाड्नेहरूकाे दाैडधुप

  • शुक्रबार, बैशाख ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 1K
    SHARES

१० बैशाख, काठमाडाैं । सरकारले अतिक्रमित जग्गाबाट सुकुम्वासीलाई हटाउने समयसीमा ताेकपछि बागमती किनाराका सरकारी जग्गामा बसाेबास गर्दै आइरहेका  थापाथलीका ‘सुकुम्वासी’ले ठाउँ छाड्न थालेका छन् ।

शुक्रबार बिहानैदेखि सरसामान, लत्ताकपडा निकालेर अन्यत्रै लग्न थालेका हुन् । सरकारले हिजाे बेलुका प्रहरी लगाएर भालि शनिबार बिहान ६ बजेसम्ममा जग्गा खाली गर्न माइकिङ गरेर चेतावनी दिएकाे थियाे ।

त्यसपछि रातिदेखि नै बस्तीमा काेठा खाेज्ने र सामान सार्ने क्रम चलेकाे बताइन्छ । अहिले बस्तीमा सामान सार्ने र असक्तहरूलाई सुरक्षित स्थानमा लैजान दाैडधुप चलेकाे छ । यतिसम्म कि कतिपयले अपत्यारिलाे र गुपचुप तरिकाले सरसामानलाई ट्याक्सीमा हालेर लैजाने गरिएकाे पाइएकाे छ । बस्तीमा सामान ढुवानीका गाडीहरू हुँकिइरहेकाे देख्न सकिन्छ । तर धेरैले ट्याक्सी प्रयाेग गरिरहेकाे देखिन्छ । सबैका मुहारमा अत्यास भाव देखिन्छ ।

यसअघि करिब २ वर्ष पहिले माठमाडाैं महानगगरले हटाउन खाेज्दा त्यहाँ रहेका मानिसहरू घरेलु हतियार  बाेकेर प्रतिकारमा उत्रिएका थिए । त्यसमा त्तकालिन केन्द्र सरकारकाे साथ पाएका थिए । अहिले केन्द्र सरकार नै ठाउँ खाली गराउन लागेकाे छ ।
सरकारले शान्तिनगर, मनाेहरा खाेलाका ‘सुुकुम्वासी’लाई ठाउँ खाली

गर्न भनिसकेकाे छ । वास्तविक सुकुम्वासीलाई भने सरकारले उपयुक्त स्थानमा कानुनी अधिकारसहित ठाउँ दिएर राखिने बताउँदै आइरहेकाे छ । राजनीतिक संरक्षण पाएका सुकुम्वासी नै नरहेका मानिसहरू त्यस ठाउँमा गएर सरकारी जग्गा अतिक्रमण गरेर बसेकाे सरकारकाे तर्क छ । बस्ती हटाएर बागमती काेरिडाेरलाई नदी दुवै किनारामा पूर्णता दिने याेजना सरकारकाे रहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ