जबरजस्ती करणी मुद्दामा एमाले नेता मल्ल पुर्पक्षका लागि जेल चलान

जबरजस्ती करणी मुद्दामा एमाले नेता मल्ल पुर्पक्षका लागि जेल चलान

  • बिहिबार, बैशाख १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

ललितपुर । जबरजस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दामा पक्राउ परेका नेकपा (एमाले) का नेता कर्णबहादुर मल्ल जेल चलान भएका छन्। जिल्ला अदालत ललितपुरको आदेशपछि उनलाई पुर्पक्षका लागि थुनुवामा राख्न नख्खु कारागार पठाइएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, अदालतको थुनछेक बहसपछि मल्ललाई कारागार चलान गरिएको हो। मल्ललाई गत चैत १४ गते सातदोबाटो क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका मल्लविरुद्ध सरकारी वकिलको कार्यालयले ७ देखि १० वर्षसम्म कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई उचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।

एक ३० वर्षीया युवतीले मल्लले आफूलाई होटलमा लगेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्। जाहेरीका अनुसार २०८० कात्तिकमा उनीहरूबीच चिनजान भएको थियो। गत फागुन १२ गते ‘खाजा खाने’ बहानामा मल्लले ग्वार्कोस्थित एक होटलमा पुर्‍याएर आफूमाथि जबर्जस्ती करणी गरेको पीडितको आरोप छ।

पीडित युवतीले मल्लले आफूलाई श्रीमतीका रूपमा स्वीकार गर्ने प्रलोभन देखाएर पटक-पटक यौन सम्पर्क गरेको र त्यसक्रममा गर्भ समेत रहेको दाबी गरेकी छन्। जाहेरीमा मल्लले आफूलाई मानसिक यातना दिएको विषय समेत उल्लेख गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ