बिचाैलियासँग शेयर काराेबार विषयमा विवादित बनेका गृहमन्त्री गुरूङद्वारा राजीनामा

बिचाैलियासँग शेयर काराेबार विषयमा विवादित बनेका गृहमन्त्री गुरूङद्वारा राजीनामा

  • बुधबार, बैशाख ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

९ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धिकरण कसुरमा प्रहरी हिरासतमा रहेका बिचाैलिया दीपक भट्टसँग शेयर काराेबार विषयमा विवादमा नाम जाेडिएका गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन् ।
उनले आज दिउँसाे प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा दिएका हुन् । राजीनामा बुझाएलगत्तै उनले आफूमाथि लागेका आराेप छानबिनमा सघाउन पदबाट राजीनामा दिएकाे सामाजिक सञ्जालमार्फत जनाएका छन् । “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु” राजीनामाबारे सामाजिक सञ्जालमा लेखेका छन् ।

मन्त्री नियुक्तिपछि सार्वजनिक गरिएकाे सम्पत्ति विवरणमा उल्लेख भएभन्दा बढी रहेकाे र उक्त शेयर पक्राउ परेका भट्टकाे कम्पनीबाट किनिएकाे फेला परेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे । विवरण उल्लेख भएकाे जग्गा पनि हदबन्दीभन्दा बढी देखिएकाे थियाे । अन्यत्र पनि शेयर र जग्गा लुकाएकाे हुन सक्ने भन्दै आलाेचना बढेपछि राजीनामा दिन विवश भएकाे अडकलबाजी गरिएकाे छ ।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन गएकाे चैत १३ गते गुरुङलाई गृहमन्त्री नियुक्त गरेका थिए । नियुक्ति पाएकाे २४ घण्टामै जेनजी आन्दाेलन दमनका आराेपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर चर्चा गुरूङले वाहीवाही पाएपनि नीजि शेयर र सम्पत्ति विषयमा विवादमा तानिँदै आएका छन् ।
गाेर्खा १ बाट रास्वपाका सांसद जितेर मन्त्री बनेका उनलाई राजीनामा दिन रास्वपा सभापति रवि लामिछानेले संकेत दिएका थिए ।

राजीनामापछि उनले आफ्नाे फेसबुक एकाउण्टमा लेखेका छन्- “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ