काठमाडाैंकाे कात्यायनी चाेककाे मदिरा स्टाेर्समा पैसा चाेर्दै गरेका युवकलाई समातेर प्रहरीलाई बुझाइयाे

काठमाडाैंकाे कात्यायनी चाेककाे मदिरा स्टाेर्समा पैसा चाेर्दै गरेका युवकलाई समातेर प्रहरीलाई बुझाइयाे

  • बुधबार, बैशाख ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

९ बैशाख, काठमाडाैं । काठमाडाैंकाे नयाँबानेश्वरस्थित कात्ययायनी चाेककाे एक किराना पसल समेत रहेकाे मदिरा स्माटाेर्समा पैसा चाेर्दै गरेका युवकलाई समातेर केहिबेर अघि मात्र प्रहरीलाई बुझाइएकाे छ।

भर्खरै प्राप्त समाचार अनुसार बुधबार दिउँसाे करिब १ बजे चाेककाे आशुताेष खाद्यान्न तथा मदिरा स्टाेर्समा साहु साइडकाे पसलमा गएकाे माैका पारेर काउण्टरबाट पैसा झिकेर भाग्न लाग्दा साहुले देखेर समातेकाे र अन्य पसलेहरूले घेरेर ती युवकलाई प्रहरीलाई बुझाएका छन् । याे क्षेत्र तीनकुने प्रहरीकाे कार्यक्षेत्रमा पर्दछ ।

अन्दाजी ३२/३३ वर्षका ती युवकले काउण्टरकाे घर्रामा राखिएकाे पैसा चाेरेर निस्कदैँ गर्दाकाे अवस्थामा फेला परेर पक्रेकाे र वरपर गरेपछि पसलेहरू जुटेका थिए । पैसा राख्ने घर्रा खुलै रहने र त्यसमा धेरै पैसा नराखिएकाले ३/४ हजार जति नगद झिकेपनि भाग्न असफल भएकाे बताइएकाे छ ।

समातेलगत्तै भएकाे खबरपछि तीनकुनेबाट खटिएकाे निलाे रंगकाे टाेयाेटा भ्यानसहितकाे प्रहरी टाेलीले पक्राउ गरी लगेकाे प्रत्यक्षदर्शीहरूले बताए । घटनालगत्तै खबर गरे पनि झण्डै आधा घण्टापछि मात्र प्रहरी आइपुगेकाे भन्दै स्थानीयले गुनासाे गरेका छन् ।

चाेरी गर्नेहरू फरकफरक टाेली बनाएर विभिन् चाेरीकाे याेजना बनाएर हिँड्ने गरेकाे पाइएकाे र प्रहरीले सूक्ष्म निगरानी राख्नुपर्ने उनीहरूकाे भनाइ छ । पक्राउ परेका अभियुक्तमाथि आवश्यक अनुसन्धान अघि बढाउने प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ