कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने

  • बुधबार, बैशाख ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाँदै छन्।

निर्धारित कार्यतालिका अनुसार थापा बिहान ९:५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०:३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले जानकारी दिइन्।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको सहभागिता रहनेछ।

कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्ता कार्यक्रम सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा पनि संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।

पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता व्यवस्थापन, १५औँ महाधिवेशनको तयारी तथा कार्यकर्ताको सक्रियता अभिवृद्धिका विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।

सहमहामन्त्री सङ्ग्रौलाका अनुसार कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषय पनि बैठकका प्राथमिक एजेन्डा रहनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ