गृहमन्त्री सुधन गुरुङज्यू नैतिकताका आधारमा मार्ग प्रसस्त गर्नुसः जेनजी

गृहमन्त्री सुधन गुरुङज्यू नैतिकताका आधारमा मार्ग प्रसस्त गर्नुसः जेनजी

  • मङ्लबार, बैशाख ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

२०८३ वैशाख ८ गते । काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङले २४ घण्टाभित्र राजिनामा नदिए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ । मंगलबार राजधनीको संवाद डबलीमा कार्यक्रम गरेर गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकोले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेको छ ।

अभियानका संयोजक सुनिल सिंहले गृहमन्त्रीले तत्काल राजिनामा दिनु उचित हुने बताए । जेनजीको संघर्षलाई हाइज्याक गरेर २ तिहाई ल्याएर जेनजीलाई नै अपमान गरिरहेको सिंहले जिकिर गरे । “यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो” सिंहले भने ।
सस्तो लोकप्रियताबाट उदाएको रास्वपा सरकार सिंगो देशका निम्ति घातक बन्न थालेको बताउँदै सिंहले भने,“स्टन्टबाजहरुले जतिसुकै नाटक गरे पनि उनिहरुका गलत हर्कतहरुको कारण एकदिन आफै सडकमा पछारिने निश्चित छ ।”

अभियानका सह–संयोजक अजय सोडारीले गृहमन्त्रीले तत्काल राजिनामा गर्नु पर्ने माग गरे । “हिजो राजनीतिमा हुँदा ‘देशमा केही भएन, गरिखान गाह्रो भयो’ भन्नेहरू आज एकाएक करोडौंका मालिक बनेर देखिनु आफैंमा प्रश्न उठाउने विषय हो”सोडारीले भने ।

सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र उनका साथीहरूले ‘नेपो किड’ विरुद्ध आन्दोलन गरेको तर आज उनिहरु आफै त्यही प्रवृत्तिका प्रतिनिधि देखिएको आरोप लगाए । उनले थपे,“गरिबीको पक्षमा बोलेर आएका उहाँहरु आज गरिबलाई नै होच्याउने अवस्थामा पुग्नु भएको छ, जुन हास्यास्पद विषय हो ।”

अभियानका सचिव प्रकाश बमले भदौ २३ र २४ गतेको आन्दोलनको बलबाट आएको सरकारका गृहमन्त्रीले आफैमाथि प्रश्न उठ्दा तत्काल राजिनामा दिएर सहज गर्नु पर्ने बताए । तत्कालिन गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि राजिनामा दिएको घटनाको स्मरण गराउँदै बमले भने,“यत्रो शक्तिशाली गृहमन्त्रीले आफ्ना कर्तुतको ढाकछोप गर्नुले रास्वपामाथि नै प्रश्न उठ्दैन र ?”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ