राप्रपा अध्यक्ष लिङ्देनको गर्जन: “गृहमन्त्री र विवादित व्यवसायीको साझेदारीबारे सरकारले जवाफ देओस्, स्टन्टले देश चल्दैन”

राप्रपा अध्यक्ष लिङ्देनको गर्जन: “गृहमन्त्री र विवादित व्यवसायीको साझेदारीबारे सरकारले जवाफ देओस्, स्टन्टले देश चल्दैन”

  • सोमवार, बैशाख ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, वैशाख ७ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विवादित छवि र व्यवसायी दिपक भट्टसँगको व्यापारिक सम्बन्धबारे प्रधानमन्त्री र रास्वपा नेतृत्वसँग स्पष्टीकरण माग गर्नुभएको छ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सुशासनको नारा लगाउने सरकारका गृहमन्त्री नै गम्भीर आर्थिक प्रश्नमा मुछिनु लज्जास्पद भएको बताउनुभयो।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दिपक भट्टको ‘स्टार माइक्रो इन्स्योरेन्स’मा गृहमन्त्री गुरुङको आफ्नै नाममा शेयर रहेको कागज सार्वजनिक हुनुले सरकारको नियतमाथि प्रश्न उठेको, सुशासनको कुरा गर्ने गृहमन्त्री र उनको पार्टीका सभापतिले यो ‘अपवित्र’ साझेदारीबारे मौन बस्न नहुने र तत्काल आफ्नो पोजिसन क्लियर गर्नुपर्ने , लाइसेन्स नवीकरण जस्ता साना विषयमा भिडियो बनाएर ‘स्टन्ट’ गर्दैमा देश नचल्ने भन्दै गृहमन्त्रीको कार्यशैलीमाथि लिङदेनले कटाक्ष गरेका छन् ।

गृहमन्त्री गुरुङमाथि पक्राउ परेका व्यवसायी दिपक भट्टसँग व्यावसायिक साझेदारी गरेको र सो विवरण आफ्नो सम्पत्ति विवरणमा लुकाएको आरोप लागेको छ। राप्रपाले यो विषयलाई ‘गम्भीर भ्रष्टाचार र नैतिक पतन’को रुपमा व्याख्या गर्दै सदन र सडकबाट दबाब बढाउने संकेत दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ