देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने, अदालतको फैसला पुनरावलोकनमा जान नेताहरूको सुझाव

देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने, अदालतको फैसला पुनरावलोकनमा जान नेताहरूको सुझाव

  • आइतवार, बैशाख ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीभित्रको आन्तरिक रणनीति तय गर्न बृहत् राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

आइतबार काठमाडौंमा उपलब्ध देउवा पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता मीन विश्वकर्माले अबका कार्यक्रमहरू चरणबद्ध रूपमा अगाडि बढ्ने बताए।

नेता विश्वकर्माका अनुसार पार्टीको आगामी दिशा तय गर्न पहिले निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बोलाइनेछ। त्यसपछि सातै प्रदेश र जिल्लास्तरमा बैठकहरू सञ्चालन गरिने र अन्त्यमा काठमाडौंमा बृहत् राष्ट्रिय भेला आयोजना गरिनेछ।

आजको बैठकमा सहभागी नेताहरूले हालै अदालतबाट भएको फैसलाप्रति असन्तुष्टि जनाउँदै त्यसलाई ‘पुनरावलोकन’ (Review) मा लैजान सुझाव दिएका छन्। कानुनी र राजनीतिक दुवै उपचार खोज्नुपर्नेमा देउवा समूहका नेताहरूले जोड दिएका छन्।

पार्टीभित्रको शक्ति सन्तुलन र पछिल्ला राजनीतिक घटनाक्रमका बीच देउवा समूहले आफ्ना कार्यकर्ताहरूलाई गोलबन्द गर्न यो सक्रियता बढाएको देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ