नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
केही दिनअघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उनको पित्तथैलीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूले केही समय घरमै आराम गर्न सुझाव दिएका छन्।
शल्यक्रियामा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्यासिंह शाह र प्राडा महेशराज सिग्देलको नेतृत्वमा टोली खटिएको थियो। टोलीमा प्राडा पलेश्वा जोशी लाखे, सहप्राडा विष्णुप्रसाद कँडेल र डा. दीपक शर्मा संलग्न थिए।
त्यस्तै, एनेस्थेसियोलोजी तर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशीले सहयोग गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline