पार्टी मूलधारमा फर्कन कुरेर बसेका साथीहरू अब सँगै आउनुहुन्छ: सभापति गगन थापा

पार्टी मूलधारमा फर्कन कुरेर बसेका साथीहरू अब सँगै आउनुहुन्छ: सभापति गगन थापा

  • शनिबार, बैशाख ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ – सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णय गरेको छ। अदालतको यो फैसलासँगै पार्टीभित्रको वैधानिकतासम्बन्धी विवाद कानुनी रूपमा निरूपण भएको छ।

सर्वोच्चको आदेशपछि पार्टीको आगामी बाटोबारे प्रतिक्रिया दिँदै सभापति गगन थापाले अब पार्टीमा सबैलाई मिलाएर लैजान संवादलाई तीव्रता दिने बताएका छन्।

‘म सबैसँग संवाद गर्छु,’ थापाले सेतोपाटीसँग भने, ‘यो सम्माननीय अदालतमा विचाराधीन रहेको एउटा विषय थियो। यो विषय टुंगिसकेपछि पार्टीको मूलधारमा मिसिएर जानुपर्छ भनेर कुरेर बसेका साथीहरू अब सँगसँगै आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’

त्यही विश्वासका आधारमा सबैलाई मिलाएर लैजाने प्रक्रिया तत्कालै सुरु गर्ने उनले स्पष्ट पारे। ‘म अहिले पनि सबै साथीहरूलाई मिलाएर लैजान संवादमै छु, आगामी दिन त्यो संवादलाई अझ तीव्रता दिनेछु र त्यसका लागि तुरून्तै पहल गरिहाल्छु,’ उनले थपे।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने बताउँदै यसलाई कसैको हार वा जितको विषय बनाउन नहुनेमा जोड दिएका छन्।

‘यो फैसला एउटाको जित वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अनिवार्य छ,’ पौडेलले भने।

उनले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण बनाउन आह्वान गरे। ‘अब सबैलाई सुरक्षित आभास हुने गरी पुनः चारतारे झन्डामुनि गोलबद्ध बनेर १५औँ महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली कांग्रेसका नेता, साथीहरू र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु,’ महामन्त्री पौडेलले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ