काठमाडौं: महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्।
मिर्गौलाको पत्थरीको शल्यक्रियापछि स्वास्थ्योपचार गराइरहेका ओलीलाई भेट्न प्रचण्ड बिहीबार अस्पताल पुगेका हुन्।
अध्यक्ष ओलीलाई बिहीबार मात्रै आइसीयुबाट सामान्य वार्डमा सारिएको थियो। ओलीको स्वास्थ्य अवस्था र स्वास्थ्यलाभका विषयमा दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।
एमाले र नेकपाबीच एकताको चर्चा चलिरहेका बेला भएको यस भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline