संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल

संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल

  • शुक्रबार, बैशाख ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ, ४ वैशाखः सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन र विधि र प्रक्रियाको उच्चपालना गरी कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाइने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उहाँले सदनबाट छिटो कानुन निर्माण हुनसके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

सभामुख अर्यालले भन्नुभयो, “कानुन निर्माणमा ढिलाइ हुँदा समाजलाई ठूलो असर पार्ने र त्यसको असर सोचेभन्दा फरक आउन सक्छ भन्ने पाटोलाई ध्यान दिनुपर्छ ।” समाज निर्माणमा सबै क्षेत्रको उत्तिकै भूमिका हुने बताउँदै उहाँले राम्रा नजिर र असल अभ्यासलाई आत्मसात गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सभामुखले भन्नुभयो, “म व्यक्ति नभई इन्ष्टिच्युसनको नेतृत्व गरिरहेको छु । स्वदेशमा मात्र होइन विदेशबाट हेर्दा पनि सम्मान होस् । आफ्नो मूल्यमान्यतामा बसिरहोस् । नचुकोस् भन्ने मेरो मान्यता रहन्छ ।”

संसद्बाट नेपाली जनताले गरेको अपेक्षाभन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्दै सभामुख अर्यालले कार्यसम्पादनका सिलसिलामा भएका र देखिएका कमीकमजोरी औँल्याइदिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

“जेनजी आन्दोलन, जनताको चेतना, वर्तमान परिदृश्य, निर्वाचनपछि गठनभएको सरकार र जनअपेक्षाजस्ता कुराहरुबीच कहीन काही सम्बन्ध जोडिएका पक्षमा ध्यान पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ