इस्तानबुलमा राष्ट्रिय सभा अध्यक्षको सम्बोधन: ‘जलवायु अनुकूलनशील सहरीकरण नेपालको अनिवार्य आवश्यकता’

इस्तानबुलमा राष्ट्रिय सभा अध्यक्षको सम्बोधन: ‘जलवायु अनुकूलनशील सहरीकरण नेपालको अनिवार्य आवश्यकता’

  • बिहिबार, बैशाख ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सहरहरू दिनानुदिन जोखिमयुक्त बन्दै गएको बताउनुभएको छ। जलवायु-अनुकूलनशील सहरीकरण सुनिश्चित गर्न संसद् र सांसदहरूको भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो।

अन्तर-व्यवस्थापिका संघ (IPU) को १५२ औँ महासभामा भाग लिन टर्कीको इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले असंलग्न आन्दोलन संसदीय सञ्जालको पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

अध्यक्ष दाहालले दक्षिण एसिया, विशेषगरी नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित क्षेत्र रहेको उल्लेख गर्नुभयो। हिमाली देशको रूपमा नेपालको वातावरणीय प्रणाली अत्यन्त संवेदनशील रहेको भन्दै उहाँले बाढी, पहिरो र कृषि क्षेत्रमा परेको असरले जलवायु संकटको गम्भीरता झल्काएको बताउनुभयो।

राजधानी काठमाडौँले भोगिरहेको अव्यवस्थित सहरीकरण, वायु प्रदूषण, भूमिगत पानीको घट्दो सतह र चरम मौसमी घटनाहरूको उदाहरण दिँदै उहाँले भन्नुभयो, “जलवायु-अनुकूलनशील सहरीकरण नेपालका लागि अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको छ।”

नेपालले जलवायु अनुकूलन, न्यूनीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक अन्तर्राष्ट्रिय प्रयास अपरिहार्य रहेको बताउनुभयो। उहाँले संसदीय कूटनीतिमार्फत दिगो, समावेशी र सुरक्षित सहरी भविष्य निर्माणका लागि संयुक्त प्रतिबद्धता व्यक्त गर्न सबैलाई आग्रह गर्नुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ