नक्कली लेटरप्याड प्रयोग गरेको आरोपमा पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण

नक्कली लेटरप्याड प्रयोग गरेको आरोपमा पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण

  • बुधबार, बैशाख २, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधेको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको विधानविपरीत कार्य गरेको ठहर गर्दै यस्तो निर्णय गरेको हो।

खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको समितिको ठहर छ।

यसअघि २०८२ चैत १४ गते पनि यस्तै कार्य गरेपछि समितिले चैत १८ गते उनलाई ‘सचेत’ गराएको थियो। तर, पुनः चैत ३० गते आफू पदमै रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेपछि समिति कठोर बनेको हो।

यो कार्य नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम अनुशासन उल्लंघन मानिएको छ।

अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सँग सम्बन्धित उजुरीहरूका बारेमा पनि महत्त्वपूर्ण निर्णय गरेको छ ।

यसअघि २०८२ चैत मसान्तसम्म तोकिएको उजुरी दिने समय अब २०८३ वैशाख मसान्तसम्म पुर्‍याइएको छ।
वैशाख मसान्तपश्चात प्राप्त हुने कुनै पनि उजुरीमाथि कारबाही प्रक्रिया अगाडि नबढाइने समितिले स्पष्ट पारेको छ।

“पार्टीभित्र निर्वाचनको समयमा अन्तर्घात गर्ने र अराजक गतिविधि गर्नेहरूमाथि छानबिन गर्न अनुशासन समितिले सक्रियता बढाएको छ।”

खड्कालाई ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिइएको छ, अन्यथा विधान बमोजिम थप कारबाही अघि बढ्ने देखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ