लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’

लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’

  • बुधबार, बैशाख २, २०८३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भोजपुर, २ वैशाखः हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।

स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ ।

हतुवागढी–२ वडाध्यक्ष विचारी थापाका अनुसार खेलकुदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन, लागुपदार्थ दुव्र्यसनबाट टाढा राख्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
मैदान निर्माणपछि स्थानीय युवाहरूमा उत्साह उल्लेखनीय रूपमा बढेको छ । बिहान–बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन् । यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।

यस्तै, खेलमैदान निर्माणसँगै भविष्यमा वडा तथा गाउँपालिकास्तरका प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिएको छ । यसबाट लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी जिल्ला तथा प्रदेशस्तरसम्म पुर्याउने लक्ष्य लिइएको वडाले जनाएको छ ।

वडाले आगामी दिनमा खेलकुद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नति तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने योजना बनाएको छ । स्थानीयस्तरमै खेलकुदको विकासले समग्र गाउँको सामाजिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने स्थानीयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी