झापामा मोटरसाइकल दुर्घटना: सशस्त्र प्रहरी सहायक हवल्दार तामाङको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना: सशस्त्र प्रहरी सहायक हवल्दार तामाङको मृत्यु

  • मङ्लबार, बैशाख १, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

झापा, वैशाख २ | झापाको मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल बाहुनडाँगीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मेचीनगर नगरपालिका–२ स्थित दुर्गा मन्दिर नजिकै मदन भण्डारी राजमार्गमा मंगलबार साँझ करिब साढे ५ बजेतिर दुर्घटना भएको हो । तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तामाङको नाक र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको भए तापनि उपचारकै क्रममा साँझ ६:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लीराम सुब्बा समेत घाइते भएका छन् । सोही बीओपीमा कार्यरत सुब्बाको हातमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ