बीरगञ्जमा एक प्रहरी जवानको विभत्स हत्या, चार जना पक्राउ

बीरगञ्जमा एक प्रहरी जवानको विभत्स हत्या, चार जना पक्राउ

  • सोमवार, चैत्र ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

वीरगन्ज । पर्साको वीरगन्जमा आइतबार दिउँसो एक प्रहरी जवानको समूहगत कुटपिटबाट बीभत्स हत्या भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर-९ मा भएको उक्त घटनामा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया मारिएका हुन्।

घटना सार्वजनिक भएलगत्तै पर्सा प्रहरीले सक्रियता देखाउँदै हत्यामा संलग्न रहेको आरोपमा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवकहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरिरहेको सूचना प्राप्त भएको थियो।

सूचना पाउनासाथ केही मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरेको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरिदिएका थिए।

प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चारजना आरोपीहरूलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना भने अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले अहिले गोप्य राखेको छ। पर्सा प्रहरीले उनीहरूमाथि सूक्ष्म अनुसन्धान सुरु भइसकेको र घटनाको भित्री रहस्य खोतल्ने काम भइरहेको जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो हत्याको पछाडि प्रेम सम्बन्ध मुख्य कारण हुन सक्ने देखिएको छ। मृतक प्रहरी जवानको कुनै एक महिलासँग प्रेम सम्बन्ध रहेको र सोही विषयलाई लिएर उत्पन्न विवादका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। यद्यपि, घटनाको पूर्ण विवरण र हत्याको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ