काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतमा गरिएका निर्णयहरूको जिम्मेवारी लिने स्पष्ट पारेका हुन् ।
संयोजक दाहालले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र ती निर्णयहरूको सामना गर्न आफू कत्ति पनि विचलित नहुने जिकिर गरेका छन् । उनले भने, “मेरै पालामा निर्णय भएको हो भनेर मैले धेरै पटक भनिसकेको छु । म सम्पूर्ण छानबिनका लागि तयार छु ।”
यसैगरी, वर्तमान सरकारको कार्यशैलीका सम्बन्धमा सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गरिहाल्ने बेला नभएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline