उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

  • शुक्रबार, चैत्र २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता बालेन शाह र पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरूको उपस्थिति थियो।

उपसभामुखका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीया रूबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाबीच प्रतिस्पर्धा हुँदैछ।

ठाकुरको उम्मेदवारी दर्तामा रास्वपाका सांसद अशोक कुमार चौधरीले समर्थन गर्नुभएको छ।

प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ बहुमत रहेको वर्तमान अवस्थामा, रास्वपाको समर्थन पाएसँगै ठाकुर उपसभामुखमा निर्वाचित हुने निश्चित देखिएको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने भएकाले, सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका कारण रास्वपाले उपसभामुखमा अन्य दललाई सघाएको हो।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी रूबी ठाकुर सम्भवतः नेपालको संसदीय इतिहासकै कान्छी उपसभामुख बन्नेछिन्। निर्वाचनको कार्यक्रम चैत २७ गतेका लागि तय गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ