संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै: राष्ट्रपतिद्वारा सम्बोधन हुने

संघीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै: राष्ट्रपतिद्वारा सम्बोधन हुने

  • शुक्रबार, चैत्र २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्न लाग्नुभएको हो।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी स्पष्ट व्यवस्था छ। “राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्नेछ।”

आजै राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदैछ। मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजे देखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो।

सरकारले चालू हिउँदे अधिवेशन अन्त्य गरी आगामी बजेट अधिवेशनको तयारीका लागि यो कदम चालेको हो। संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने प्रचलन रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ