२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार नयाँ उपसभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ।
उपसभामुखका लागि दुई जना महिला सांसदहरू चुनावी मैदानमा छन्:
रुबीकुमारी ठाकुर: श्रम संस्कृति पार्टी (समानुपातिक सांसद)
सरस्वती लामा: राष्ट्रिय प्रजातन्त्र पार्टी – राप्रपा (समानुपातिक सांसद)
२५ वर्षीया रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ। प्रतिनिधि सभामा रास्वपाको संख्यात्मक उपस्थिति झण्डै दुई-तिहाइ बहुमतको नजिक रहेकाले, सत्तापक्षको बलियो समर्थनका कारण ठाकुर उपसभामुखमा निर्वाचित हुने निश्चितप्रायः देखिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline