पोखरा, २६ चैत । पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेलको बुधबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार सिर्जनाचोकतर्फ जाँदै गरेको अवस्थामा अज्ञात व्यक्तिले उनीमाथि साङ्घातिक आक्रमण गरेको हो। आक्रमणबाट गम्भीर घाइते भएकी पौडेललाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकका श्रीमानको केही समयअघि नै निधन भइसकेको छ। हत्यामा संलग्न व्यक्ति र घटनाको कारण हालसम्म खुल्न नसकेको डिएसपी बस्नेतले जानकारी दिए। घटना लगत्तै प्रहरीले शंकास्पद क्षेत्रहरूमा खानतलासी र संलग्नको खोजी कार्यलाई तीव्र बनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline