कूटनीतिमा नयाँ प्रयोग: प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै

कूटनीतिमा नयाँ प्रयोग: प्रधानमन्त्री बालेनले आज विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै

  • बुधबार, चैत्र २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज बुधबार नेपालस्थित विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै हुनुहुन्छ। मध्याह्न १२ बजेपछि प्रधानमन्त्री निवासमा आयोजना हुने यस छलफलमा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूको सहभागिता रहनेछ।

प्रधानमन्त्रीका प्रेसविज्ञ दिपा दाहालका अनुसार भेटघाटमा प्रधानमन्त्रीका साथै परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र सचिव अमृतबहादुर राई र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीको समेत उपस्थिति रहनेछ।

के विषयमा हुँदैछ छलफल?
छलफलका क्रममा प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञहरूलाई देशको वर्तमान राजनीतिक अवस्था, सरकारका आगामी नीति, योजना र प्राथमिकताका बारेमा स्पष्ट पार्नुहुनेछ। नेपालको राष्ट्रिय स्वार्थ र विकासका एजेन्डामा अन्तर्राष्ट्रिय समुदायको बुझाइलाई एकरूपता दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको सचिवालयले जनाएको छ।

कूटनीतिक क्षेत्रमा ‘नयाँ मानक’
विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेट्ने परम्परागत शैलीलाई तोड्दै प्रधानमन्त्रीले सामूहिक छलफलको अभ्यास सुरु गर्न लाग्नुभएको हो। यसअघि विभिन्न देशका राजदूतहरूले भेटको प्रस्ताव राख्दा पनि प्रधानमन्त्रीले व्यक्तिगत भेटघाटमा खासै रुचि देखाउनुभएको थिएन।

“सबै राजदूतहरूसँग एकैपटक भेटेर सरकारको दृष्टिकोण राख्नुले समयको बचत मात्र नभई कूटनीतिक सम्बन्धमा पारदर्शिता र नयाँ मानक स्थापित गर्नेछ,” सचिवालयको दाबी छ। नेपालको कूटनीतिक इतिहासमा यो एक फरक र परिष्कृत अभ्यास हुने ठानिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ