महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एसईई दिएर फर्किएका ३ विद्यार्थीको मृत्यु

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एसईई दिएर फर्किएका ३ विद्यार्थीको मृत्यु

  • मङ्लबार, चैत्र २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

महोत्तरी, २४ चैत । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बखरी चोकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जना परीक्षार्थीको मृत्यु भएको छ ।

मंगलबार बर्दिवास-जलेश्वर सडकखण्ड अन्तर्गत बखरी चोकमा भएको उक्त दुर्घटनामा परी एसईई परीक्षा दिएर घरतर्फ फर्किँदै गरेका तीन विद्यार्थीको ज्यान गएको हो । घटनाको पुष्टि गर्दै महोत्तरीका प्रहरी उपरीक्षक हेरेम्ब शर्माले दुर्घटनामा तीन जनाको मृत्यु र अन्य तीन जना घाइते भएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घटनास्थलबाट तीन जनाको प्रवेश पत्र समेत फेला परेको छ, जसबाट उनीहरू यस वर्षको एसईई परीक्षार्थी रहेको पुष्टि भएको हो । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ