संसद्को कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै, तीन अध्यादेश स्वीकृत गर्ने तयारी

संसद्को कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै, तीन अध्यादेश स्वीकृत गर्ने तयारी

  • सोमवार, चैत्र २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

२३ चैत, काठमाडौं । संसद् सञ्चालनमा राजनीतिक दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ। संघीय संसद् सचिवालयले बिहान ११ बजेका लागि बैठक आह्वान गरेको हो।

बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल गर्ने जनाइएको छ।

अध्यादेशहरू स्वीकृत गर्ने सम्भावित कार्यसूची
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आजको बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव गृहमन्त्री सुदन गुरुङले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। ती अध्यादेशहरूमा निम्न विषय समेटिएका छन्:

मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२

“११ बजेको सर्वदलीय बैठकपछि यस कार्यसूचीमा केही परिमार्जन हुन सक्ने सम्भावना पनि छ,” प्रवक्ता गिरीले जानकारी दिए।

समिति गठन र नियमावली निर्माण
सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि परामर्श हुनेछ। उक्त समिति २१ सदस्यीय बनाउने गृहकार्य भइरहेको छ।

हाल पुरानै नियमावलीका आधारमा संसद् सञ्चालन भइरहेकोमा अब नयाँ नियमावली बनाउने प्रक्रिया समेत आजै अगाडि बढ्ने देखिएको छ। यसका लागि आजको बैठकबाट ‘प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समिति’ गठन हुन सक्नेछ।

शून्य र विशेष समयको सुरुवात
संसद् विघटन र निर्वाचनका कारण लामो समयदेखि ओझेलमा परेका जनसरोकारका मुद्दाहरूलाई अब सांसदहरूले शून्य र विशेष समयमार्फत उठाउन पाउनेछन्। सचिवालयले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई यसबारे आवश्यक ब्रिफिङ गरिसकेको छ।

आइतबार सर्वसम्मत सभामुख निर्वाचित भई पदभार ग्रहण गरेका अर्यालले आजको प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्। आजको बैठकबाटै शून्य र विशेष समय लगायतका संसदीय अभ्यासहरू पुनः सुरु हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ