घरमा बालिकालाई श्रमिक बनाएको आरोपमा पक्राउ परेकी सांसद शर्मा रिहा

घरमा बालिकालाई श्रमिक बनाएको आरोपमा पक्राउ परेकी सांसद शर्मा रिहा

  • आइतवार, चैत्र २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन्। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो। पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अवस्था नदेखिएको भन्दै अदालतले हिरासत मुक्त गर्न आदेश दिएको छ।

पीडित भनिएकी बालिकाको पढाइमा निरन्तरता रहेको र शर्माले संरक्षकको भूमिका पूरा गर्दै आएको मिसिल संलग्न कागजातबाट देखिएको आदेशमा भनिएको छ।

शर्माले बालिकालाई यातना दिई, दास बनाई राखेकी हुन् भन्ने आरोपित तथ्यबाट पुष्टि गर्ने वस्तुनिष्ठ र निश्चियात्मक प्रतितलायक प्रमाण नदेखिएको समेतका आधार, कारणबाट प्रस्तुत मुद्दामा शंकित रेखा कुमारी शर्मा उपर दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएको भन्दै यसअघि सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको थियो।

तर सोही मुद्दामा बालेन्द्र शाह नेतृत्वको सरकारले पक्राउ गरेर पुनः मुद्दा अगाडि बढाएको हो। अब आइतबार नै शर्मालाई थुनामुक्त गरेर मात्रै थप अनुसन्धान गर्न सक्नेछ।

आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मा चैत १५ गते पक्राउ परेकी थिइन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ