चैत्र २१,काठमाडौँ । कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ।एक युवतीले बलात्कारको आरोप लगाएपछि उनलाई पक्राउ गरिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको बताए ।
अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लम्सालले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले बलात्कार गरेको उल्लेख गरेकी थिइन्।
उनले घटना सार्वजनिक गरेपछि सोधपुछका लागि लम्साललाई झिकाइएको प्रहरीले बताएको छ। ती पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ।
पीडितको तर्फबाट जाहेरी भने अहिलेसम्म आइसकेको छैन।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline