अबदेखि ब्रिजकोर्स र तयारी कक्षाहरु बन्द हुने

अबदेखि ब्रिजकोर्स र तयारी कक्षाहरु बन्द हुने

  • आइतवार, चैत्र १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं । आगामी वैशाख १ गतेदेखि प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स कार्यक्रमहरू बन्द हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गरेर विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू बन्द गर्ने जनाएको हो।

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने भएकाले बन्द गर्न लागिएको मन्त्रालयले जनाएको छ।
विभिन्न संस्थाहरूले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी यस खालका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी