तीन महिनाका लागि एन्फा निलम्वन

तीन महिनाका लागि एन्फा निलम्वन

  • बुधबार, चैत्र ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमाडौँ, ११ चैतः राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा कानुनी व्यवस्था पालना नगरेको कारण निलम्वन गरेको राखेपको पत्रमा उल्लेख गरेको छ ।

विशेषगरी एन्फाले निर्वाचन प्रक्रिया अगाडि बढाउँदा परिषद्को स्वीकृति नलिएको र कानुनअनुसार काम नगरेको भन्दै यो कदम चालिएको परिषद्ले जनाएको छ ।

यसअघि परिषद्ले पटकपटक निर्देशन दिए पनि कार्यान्वयन नभएको, साथै महासङ्घको विधान र राष्ट्रिय कानुनबीच समन्वय नगरेको भन्दै अन्ततःनिलम्वनको निर्णय गरिएको राखेपद्वारा जारी पत्रमा जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी