मुक्का प्रहारबाट ज्वाइँकाे ज्यान गएकाे घटनामा फरार रहेका जेठानले गरे प्रहरीसमक्ष आत्मसमर्पण

मुक्का प्रहारबाट ज्वाइँकाे ज्यान गएकाे घटनामा फरार रहेका जेठानले गरे प्रहरीसमक्ष आत्मसमर्पण

  • बुधबार, चैत्र ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

११ चैत, काठमाडाैं । रामेछाप जिल्लाकाे दाेरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ काे पार्सामा यहि साेमबार जेठानद्वारा बहिनी ज्वाइँमाथि कुटपिट गर्दा ज्यान गएकाे घटनामा फरार रहेका अभियुक्तले रामेछाप प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

घटनालगत्तै फरार भएका ६० वर्षीय जेठान विरबहादुर तामाङ (घिसिङ)ले आज बुधबार बिहान साेही वडाका पासेवान प्रहरी चाैकीका टाेलीसमक्ष आत्मसमर्पण गरेका हुन् । आफैं उपस्थित हुन भनी चाैकीतर्फ गइरहेका बेला उनकाे खाेजीमा निस्केका प्रहरी टाेलीसामु खारपानीमा आत्मसमर्पण गरेकाे समाचार प्राप्त भएकाे छ ।

छिमेकी गाउँबाट उक्त दिन भाेर्ले (घर)बाट ज्वाइँ प्रेमबहादुर (श्रीमती)सहित ससुरालीमा सगुन लिएर गइरहेका अवस्थामा जेठान विरबहादुर (अभियुक्त)सँग घरनजिकै भेट भएकाे र साे क्रममा सामान्य विषयमा विवाद हुँदा ज्वाईँमामथि मुक्का प्रहार गर्दा बेहाेस् भएकाे थियाे । बेहाेसपछि पनि लातीले प्रहार गर्दा संवेदनशील अंगमा लागेर ज्वाईँ प्रेमबहादुरकाे घटनास्थलमै ज्यान गएकाे पाइएकाे प्रहरीकाे दाबी छ ।

अभियुक्त घिसिङलाई आजै सदरमुकाम मन्थली पुर्याई आवश्यक अनुसन्धान शुरू भएकाे प्रहरीले जनाएकाे छ । उता मृतककाे मंगलबार नै काभ्रेकाे धुलिखेल अस्पतालमा पाेष्टमार्टम भई दाहसंस्कार भइसकेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ