जेठानकाे मुक्का प्रहारबाट ज्वाइँकाे ज्यान गयाे

जेठानकाे मुक्का प्रहारबाट ज्वाइँकाे ज्यान गयाे

  • सोमवार, चैत्र ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

९ चैत, काठमाडाैं । रामेछापमा जेठानकाे कुटपिटबाट आफ्नै बहिनी ज्वाइँकाे ज्यान गएकाे छ । जिल्लाकाे दाेरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ काे पार्सामा साेमबार बिहान छेप्रे भनेर चिनिने स्थानीय अन्दाजी ६० वर्षकाे तामाङ (घिसिङ) भाेर्लेका माइला माेक्तानमाथि बाटाेमा कुटपिट गर्दा साेही वडाका प्रेमबहादुर तामाङ (माेक्तान)काे ज्यान गएकाे हाे ।

माेक्तान घिसिङका आफ्नै बहिनीकाे श्रीमान (ज्वाईँ) रहेकाे खुलेकाे छ । बिहान साढे ९ बजेतिर बहिनी र ज्वाइँ काेसेली लिएर घिसिङकाेमा जाँदै गर्दा बाटाेमा भेट भएकाे र सामान्य विवादमा घिसिङले बहिनीकै सामुन्ने ज्वाइँ (माईला) माथि मुक्का र लात्तीले प्रहार गरेकाे बताइएकाे छ । प्रहारबाट बेहाेस् हुन पुगेका माईलाकाे केहिबेरमै प्राण गएकाे बताइन्छ । लात्ति प्रहार संवेदनशील अंगमा लागेकाे जस्ताे देखिएकाे प्रारम्भिक अनुसन्धानमा पाइएकाे जनाइएकाे छ ।

घटनाबारे जानकारी पाएपछि पासेवान प्रहरी चाैकीबाट प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव पाेष्टमार्टमका लागि काभ्रेकाे धुलिखेल अस्पताल पठाइसकिएकाे स्थानीयले बताए ।

घटनापछि अभियुक्त घिसिङ फरार भएकाे र लुकेर बस्न सक्ने संभावित क्षेत्रमा उच्च निगरानीसहित खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । घिसिङ खासी बाेका व्यापारी समेत रहेकाे बताइन्छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ