फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा

फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा

  • सोमवार, चैत्र ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, ९ चैतः सङ्कटा फुटबल क्लबले राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेको छ ।

क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताउनुभयो ।

यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई सहभागी नगराउनुु भन्दै एन्फालाई पत्र काटेपछि एन्फाले राजधानीमा चलिरहेको राष्ट्रिय पुरुष लिग र महिला फुटबल प्रतियोगिता अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरेको थियो । सङ्कटाले भने आफ्नो क्लबमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी एन्फलालाई बुझाएको अध्यक्ष तुलाधरको भनाइ छ ।

हालको आर्थिक भार, प्रतियोगिता अनिश्चित तथा व्यवस्थापनमा देखिएको चुनौतीले क्लबलाई प्रत्यक्ष असर परेको छ । त्यसैले सम्बन्धित निकाय तथा सरोकार पक्षले विशेष ध्यान दिन आवश्यक रहेको क्लबको भनाइ छ ।

प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी