श्रीमानले गरे भरूवा बन्दुकले हानेर जंगलमा श्रीमतीकाे हत्या

श्रीमानले गरे भरूवा बन्दुकले हानेर जंगलमा श्रीमतीकाे हत्या

  • बिहिबार, चैत्र ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

५ चैत, काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा एक पुरूषले भरूवा बन्दुकले हानेर जंगद्लमा श्रीमतीको हत्या गरेका छन् ।

कैलालीकाे गोदावरी नगरपालिका–४ अमलेशैनीमा ३२ वर्षीय रामबहादुर मगरले बुधबार दिउँसाे सँगै जंगलमा गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् ।

शिकार गर्न बन्दुक बाेकेर गएका श्रीमानले बाख्रा चराउन सँगै गएकी संचितासँग घरायसी विषयमा विवाद हुँदा आवेगमा बन्दुककाे गाेली चलाउँदा उनकाे मृत्यु भएकाे देखिएकाे  प्रहरीले जनाएको छ ।
श्रीमतीकाे हत्यापछि रामबहादुरले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको र गम्भीर घाइते भएकामा  उनकाे हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।

घटनाका सत्यतथ्य पत्ता लगाउन घटनास्थललाई घेरा हालेर राखेकाे र अनुसन्धान सुरू भइसकेकाे प्रहरीले जनाएकाे छ । मृतककाे शव घटनास्थलमा नै रहेकाे पनि जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ