खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाईतेलाई काठमाण्डौ ल्याईयो

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाईतेलाई काठमाण्डौ ल्याईयो

  • बुधबार, चैत्र ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार दिउँसो १२ बजेर २ मिनेटमा केपिलासगढि गाउँपालिका-२ बालावेसीमा एयर डाइनेस्टीको ‘९–एनएफक्यू’ हेलिकप्टर अवतरण गर्नेक्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए। दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए। अरु यात्रु सकुशल छन्।

प्रहरीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका हुन्। उनलाई सो कम्पनीकै अर्को हेलिकप्टर मार्फत काठमाण्डौँ ल्याईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ