३ चैत, काठमाडाैं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई हमला गरेका कारण खाडी मुलुकमा उडान प्रभावित बनेका एयरलान्स कम्पनीहरूले टिकट काटिसकेका यात्रुहरूकाे समस्या समाधान गर्न आनाकानी गरिरहेकाे बुझिएकाे छ ।
युद्धका कारण नियमित उडान हुन नसक्दा टिकट काटिसकेका यात्रुहरू टिकटकाे पैसा फिर्ता लिन नेपालस्थित एयरलाइन्स कार्यालयहरूमा धाउन थालेका छन् ।
यसैबिच कतार एयरलाइन्सकाे हात्तिसारमा रहेकाे कार्यालयमा यात्रुहरूकाे घुइँचाे लागेकाे दृष्य मंगलबार देखियाे । त्यहाँ झण्डै ५० जनाकाे संख्यामा जम्मा भएका थिए । उनीहरूकाे समस्या बुझ्ने काेशिस कार्यालयबाट बेलुका अबेरसम्म पनि भएकाे देखिएन । उनीहरू निरास भएर फर्किएका देखिन्थे । भाेलि पनि आउने उनीहरूकाे भनाई थियाे ।
युद्ध नराेकिएपछि नेपाली कामदारकाे प्रमुख गन्तव्य साउदी अरब, कतार, दुबई, यूएई प्रभावित भएका छन् । अमेरिका र इजरायल मिलेर इरानमाथि हवाई प्रणालीमार्फत बमबाड गरेर राष्ट्र प्रमुख (सर्वाेच्च नेता) आयतुल्लाह खामेनेई मारिएपछि इरानले अमेरिकी सेना र सैन्य अखडा रहेका साउदी अरब, कतार, दुबई, यूएईका मुख्य शहर र क्षेत्रमा प्रत्याक्रमण तीव्र पारिरहेकाे छ ।
यहि कारण देखाएर दुबईले आफ्ना दुबई अन्तर्राष्ट्रिय विमानस्थल गत हप्तादेखि अनिश्चितकालीरका लागि बन्द गरिसकेकाे छ ।
