मलेशिया बिरुद्धको खेलमा एएफसीले गर्यो नेपालको पक्षमा फैसला

मलेशिया बिरुद्धको खेलमा एएफसीले गर्यो नेपालको पक्षमा फैसला

  • मङ्लबार, चैत्र ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एसियाली फुटबल महासंघ -एएफसी) ले मलेसियाले नेपाल र भियतनामविरुद्ध प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ।

मलेसियाले आफ्नो राष्ट्रिय टोलीमा खेल्न अयोग्य सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा मैदान उतारेको पुष्टि भएपछि एएफसीले नेपाल र भियतनामलाई ३–० को प्राविधिक जितको मान्यता दिएको हो।

यो निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ। मलेसिया फुटबल संघले विदेशी खेलाडीहरूलाई मलेसियाको नागरिक बनाउनका लागि फिफा मा झुटो कागजात पेस गरेको पाइएको थियो।

गत वर्षको छनोट खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो। तर अहिले एएफसीको अनुशासन कमिटीले उक्त नतिजा खारेज गर्दै नेपाललाई ३–० को जित सुम्पिएको छ। यसबाट नेपालले महत्वपूर्ण ३ अंक त पाएको छ ।
‍नेपालले मलेसियासँगको एक खेलमा प्राविधिक जित पाए पनि अन्य खेलहरू सबैमा पराजित भएको छ । नेपालले भियतनामसँगका दुवै खेलमा हार व्यहोरेको थियो। साथै, मलेसियासँगको अर्को खेल र लाओससँगको हारका कारण नेपाल तेस्रो चरणबाट गणितीय रूपमै बाहिरिसकेको छ। अहिलेको स्थितिमा समूह ुएफु बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भइसकेको छ।

दोस्रो स्थनको मलेसियाको ९ अंक रहदै बाहिरिएको छ। नजिता उल्टिएपछि नेपाल तेस्रो स्थानमा ३ अंक रहदै उक्लिएको छ। लाओस भने नेपालविरूद्ध हात पारेको जितको ३ अंकसँगै चौथो स्थानमा छ। समूहबाट मलेसियासँगै नेपाल र लाओस पनि बाहिरिएका छन्।
नेपालले अब आफ्नो प्रतिष्ठाका लागि समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ। नेपालले आगामी चैत १७ गते लाओससँग प्रतिस्पर्धा गर्दैछ। यो खेलपछि नेपालको एसिया कप छनोटका खेल सकिनेछन्।

खेलकुदको सर्वोच्च अदालत कासले सात जना खेलाडीहरू फ्याकुन्डो गार्सिया, ग्याब्रियल पाल्मेरो, रोड्रिगो होल्गाडो, इमानोल माचुका, जोआओ फिग्युरेरो, हेक्टर हेभेल र जोन इराजाबाललाई दोषी ठहर गरेको छ। उनीहरूले मलेसियाको नागरिकता प्राप्त गर्न र खेल्नका लागि कागजात कीर्ते गरेको पाइएपछि उनीहरूमाथि १२ महिनाको प्रतिबन्ध लगाइएको छ। साथै मलेसियाली फुटबल संघलाई ५० हजार अमेरिकी डलर जरिवाना समेत गरिएको छ।

यसअघि मलेसिया १६ वर्षपछि २०२३ को एसिया कपमा छनोट भएको थियो, तर यो ठूलो जालसाजीको घटनाले मलेसियाली फुटबलमा ठूलो धक्का पुगेको छ। मलेसियाली फुटबल संघले भने आफूहरूले नागरिकता कानुनी रूपमै दिएको दाबी गर्दै यस निर्णयविरुद्ध थप कानुनी परामर्श लिने बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी