३ चैत, काठमाडाैं । जेन जी आन्दाेलनपछि बनेकाे सरकारमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका कुलमान घिसिङले ठेक्काकाे माेटरेबल पुल ताेकिएकै समयमा सक्न र नसके कारवाही गर्ने चेतावनीकारण देशभर धेरै पुल बन्ने क्रम धमाधम चलिरहेकाे छ ।
२ देखि ५ वर्षभित्रै निर्माण काम सक्ने गरी लिइएका थुप्रै पुलकाे काममा लापरवाही गरेर सुनियाेजित ढंगले म्याद थप गराई राजश्वमा क्षति पुर्याएकाे पाएपछि घिसिङले गलत नियत बाेकेका ठेकेदारहरूले १५/२० वर्षमा पनि काम पूरा नगरेपछि त्यस्ता सयाैं पुलकाे ठेक्का ताेडेका थिए । दर्जनाैं पुल ठेक्का ताेडिँदै गर्दा घिसिङ मन्त्री पद त्यागेर चुनावमा हाेमिए, भलै चुनावकाे परिणाम उनकाे पक्षमा आएन ।
तापनि मन्त्री रहेका बेला उनले दिएकाे निर्देशनले अहिले पनि काम भइरहेकाे छ । जसकाे उदाहरण पूर्व-पश्चिम राजमार्गकाे पर्साकाे पथलैया र बाराकाे निजगढ खण्डमा विगत ६ वर्षदेखि म्याद थप गर्दै काम भने सुस्त गितमा निर्माण काम भइरहेकाे दुधाैला खाेलामा बनिरहेकाे दुधाैरा पुलकाे काम ४ महिमा नै पूरा हुने चरणमा पुगेका छ । पुल केही हप्तामा नै संचलान गर्ने तयारी गरिएकाे छ ।
६ वर्ष पहिले बिचकाे एउटा खम्बा भासिएर पुल भाँचिचएकाे थियाे ।
तत्कालिन मन्त्री घिसिङकाे ठेक्का ताेड्ने चेतावनीपछि कामले तीव्रता पायाे । अहिले पूर्वपट्टिकाे भाग सडकसँग जाेडने काम भइसकेकाे छ भने पश्चिमतर्फकाे भागमा टचिङकाे काम अन्तिम चरणमा पुगेकाे छ । टचिङमा थप ढलान आवश्यक परेकाले त्यसनिम्ति रड बाँध्ने काम सकेर मसला हाल्ने तयारी भइरहेकाे छ । ढलान सकेर पक्का हुनेबित्तिकै सबैखाले सवारी साधन चलाउन खुला गरिने जनाइएकाे छ ।
पुलमा माेटरसाइकल त चलिसकेकाे थियाे र अहिले त्यसलाई पनि राेकेर थप काम सक्ने चरणमा छ । चुनावले केही दिन काम रहेपनि अहिले धमाधम चलिरहेकाे छ । पुल बिचमा फराकिलाे डभाइडर भाग राखेर पनि दायाँबायाँ २/२ लेन गरी ४ लेनकाे बनेकाे छ । संचालनमा आउँदा आधा दशकदेखि चालक, यात्रुले हिउँदमा बगरकाे धुलाे र बर्खामा लाग्ने बाढीकाे जाेखिम अनि घण्टाैंकाे जाममा पर्ने सास्तीबाट मुक्ति मिल्ने यात्रु र चालककाे भनाई छ ।
ठेकेदारका कारण समयमा नै पुल नबन्दा सरकारकाे थप बजेटले केही मुनिबाट एक लेनकाे करिब ६० मिटर लामाे बेलब्रिज हालेर बर्खामा गाडी वारपार गराउँदै आइरहेकाे थियाे । जसका कारण घण्टाैंसम्म जाम खेप्नु पर्दथ्याे । हिउँदमा त्यसभन्दा मुनिबाट बगरबाट चल्नु पर्थ्याे । अब सदाका लागि सास्तीले छुटकरा मिल्ने भएपछि उनीहरू खुशी देखिन्छन् ।

