मनकामना दर्शन गरेर फर्केका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार राति बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्रका सहप्रवक्ता थापाका अनुसार, सातै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये ५ जना पुरुष र २ जना महिला रहेका छन्।
माइक्र बसमा चालकसहित १४ जना सवार रहेका थिए। उनीहरूमध्ये ७ जनाको उद्धार गरेर आबुँखैरेनी अस्पताल पठाइएको छ।
मनकामनाबाट फर्केका दर्शनार्थी सवार गाडी गति अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline