पूर्व–पश्चिम राजमार्ग अवरुद्ध : बसको ठक्करबाट घाइते बालकको मृत्यु भएपछि प्रदर्शन

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध : बसको ठक्करबाट घाइते बालकको मृत्यु भएपछि प्रदर्शन

  • आइतवार, फाल्गुन २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। शनिबार साँझ बसको ठक्करबाट घाइते भएका १२ वर्षीय बालकको आइतबार मृत्यु भएपछि आक्रोशित परिवार तथा आफन्तले राजमार्ग अवरुद्ध गरेका हुन्।
मृत्यु हुनेमा स्थानीय कृष्ण सहनी रहेका छन् । उनि बाग्मती माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । शनिबार दिउँसो बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते सहनीलाई उपचारका लागि चपुरस्थित अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको स्थानीयले जनाएका छन्।
बालकको मृत्यु भएपछि आक्रोशित परिवार, आफन्त र स्थानीयवासीले मंगलपुर पुलमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ। अहिलेसम्म  प्रहरी घटनास्थलमा पुगेकोछैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ