अब कुनै दलमा आबद्ध नहुने बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको घोषणा

अब कुनै दलमा आबद्ध नहुने बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको घोषणा

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

फाल्गुन २२, काठमाडौँ । बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले आफू अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। शुक्रबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आगामी दिनमा व्यवसायसँगै समाजसेवा र राष्ट्र निर्माणका कार्यमा केन्द्रित हुने बताएका छन्।

वक्तव्यमा बस्नेतले वि.सं. २०८२ भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा विचलित बनाएको उल्लेख गरेका छन्। उनका अनुसार ती घटनाहरू केवल संयोग नभई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको शक्तिशाली आवाज थियो।

बस्नेतले उक्त विद्रोहले देशलाई नयाँ दिशातर्फ लैजान सक्ने आशा जगाएको बताए। सोही विश्वासका आधारमा उनी सुशासन, दिगो रोजगारी र समतामूलक विकासको लक्ष्यसहित गतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भई केन्द्रीय सदस्यको रूपमा काम गरेका थिए।

तर, हालको राजनीतिक संस्कार आफ्नो मूल्य र आत्मासँग मेल नखाएको भन्दै उनले दलबाट अलग हुने निर्णय लिएको बताएका छन्।

उनले भनेका छन्, ‘पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको प्रेमले खोजेको योगदान दिन सकिँदैन भन्ने मैले महसुस गरेँ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ