हस्ताक्षरबिनाका मतपत्रले रोकियो स्याङ्जा २ को मतगणना

हस्ताक्षरबिनाका मतपत्रले रोकियो स्याङ्जा २ को मतगणना

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

फाल्गुन २२, स्याङ्जा — स्याङ्जा–२ को मतगणना अझै सुरु हुन सकेको छैन। वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।

विवादका कारण हिजो केही समय मतदान रोकिएको थियो। पछि मतदान केन्द्रमै सर्वपक्षीय सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको थियो।

तर यही विषयलाई लिएर अहिले मतगणना प्रक्रिया प्रभावित बनेको छ। विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षबीच छलफल भइरहेको छ।

निर्वाचन आयोगको निर्णय पर्खिरहेका कारण मतगणना सुरु गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ