दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’

दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 70.3K
    SHARES

काठमाडौँ । नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत दुई जना प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

प्रा.डा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको हो । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।

नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा प्रा.डा.पाण्डे र प्रा.जोशीका पत्नी या उत्तराधिकारीला ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी