दार्चुलाका दुई र बझाङको एक मतदानस्थलमा आएनन् मतदाता

दार्चुलाका दुई र बझाङको एक मतदानस्थलमा आएनन् मतदाता

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

फाल्गुन २१, काठमाडौं । देशैभर बिहानेदेखि मतदान सुरु भए पनि दार्चुलाका दुईवटा र बझाङको एक मतदान केन्द्रमा अहिलेसम्म मतदाताहरु भोट हाल्न आएका छैनन् । मतदान सुरु भइसकेको करिब डेढ घन्टा बितिसक्दा पनि उक्त क्षेत्रहरुमा मतदान गर्न मतदाता नआएका हुन् ।

दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर मावि र अपि हिमाल गाउँपालिका ३ को दुधिलास्थित झाक्सु र बझाङको तालकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रमा मतदाता नआएका हुन् ।

कर्मचारी, सुरक्षाकर्मी मतदान केन्द्रमा उपस्थित भए पनि मतदाता नआएको गृहमन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्ले र सशस्त्र प्रहरीका प्रवक्ता विष्णु भट्टका अनुसार देशभर शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको छ । शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको सुरक्षा अधिकारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ