रौतहटमा आज पनि कफर्यु जारी रहने

रौतहटमा आज पनि कफर्यु जारी रहने

  • आइतवार, फाल्गुन १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

रौतहटको गौरमा दुई समूहबिचको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्। झडपको जोखिम कायमै रहेपछि प्रशासनले हिजो देखि लगाएको कफर्यु आज पनि जारी राखेको छ ।

मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शेख जमशेद पूर्व वडाध्यक्ष पनि हुन्।

शुक्रबार दुवै समुदायबिच छलफल गराएर प्रशासनले सहमति गराए पनि शनिबार बिहानैदेखि झडप सुरु भएको थियो। झडप र आगजनी हुन थालेपछि प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाएको छ। कर्फ्यु लगाएपछि स्थिति प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार पनि कर्फ्यु जारी रहने बताएका छन्।

गृहमन्त्रालयले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपील गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ