रौतहटमा आगजानी र तोडफोड पछि कर्फ्यु

रौतहटमा आगजानी र तोडफोड पछि कर्फ्यु

  • शनिबार, फाल्गुन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

रौतहट । हिजो भएको ६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरेको छ।

विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच विवादबाट सुरु भएको घटनालाई राजनीतिक रूप दिन खोजिएको देखिन्छ। गौर नगरपालिका-६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा बेलुकी ४ बजे दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो। झडप हुँदा ६ जना घाइते भएका छन्।

प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन्। प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने १२ वटा मोटरसाइकल तोडफोड भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी