ओ पूर्णबहादुर !

ओ पूर्णबहादुर !

  • बिहिबार, फाल्गुन ७, २०८२
  • –प्रकाशचन्द्र खतिवडा

  • 52.2K
    SHARES

भाले नबास्दैमा
मिर्मिरे उज्यालो अवरुद्ध हुँदैन
गोधुली नखस्दैमा
झंके साँझ रोकिदैन
कति प्राकृतिक कुरा
अप्राकृतिक भै सके
हिमालहरु नाङ्गिएर
नदीहरु सुकी सके ।

स्वास्नी गर्भवती हुन्न अचेल
टेष्ट ट्युव बेबी जन्माएर
विज्ञान चमत्कार बाँड्छ
भोकमारा ट्याबलेट बन्दै छन रे
भोक लागे पछि स्वाट्ट खान मिल्ने
किसानहरु चिन्तित छन
उर्वरा जमिन बाँझै रहे पछि ।

कलम पेन डाउनमा छ
लेख्न मिल्दैन आक्रोशको कविता
बन्दुकले गोली नछादे पछि
सिपाही आत्म समपर्ण गर्छ
प्रहरी पोष्टमा ग्रिनेड हानेर
सिपाहीलाई युद्ध बन्दी बनाई
एक क्रान्तिकारी युवा
इन्क्लावको नारा लगाउँदै
गन्तव्य तिर लाग्छ
अर्को प्रहरी पोष्ट हान्नलाई ।

रात विलौना गाउँछ
ताराहरु रुन्छन
जून साउती मार्छ
पूर्णेको उजेली रात
किन अँधेरो लाग्छ ?
ब्राम्हणहरुले शङ्ख फुक्दा पनि
झाँक्रीले ढ्याङ्गो ठोक्दा पनि
चमारेहरुले नछोडे पछि
जूनलाई ग्रहणले खाएरै छोड्छ ।

विहान हुन्छ
सदा झै व्यूँझन्छन चराहरु
तिनीहरुको चिरविरले
निन्द्रा खुल्छ
मानिसहरु जीवन सुरुवात गर्छन
दैनिकी गरिने कर्मबाट
सबैको हतारो उस्तै छ
दुःख जिउलो गर्दा गर्दै
दिन अस्त हुन्छ
मानिसहरुको आयु छोट्याएर
मान्छे भ्रममा बाँच्छ
मृत्युलाई विर्सिएर ।

मान्छेहरु सपना देख्नै छा्डि सके
विषाक्त रातले डसेर
मान्छेको मन कुँडिएको छ
उ उन्मुक्त हाँस्न सक्तैन
जीवनका कथाहरु संझदै
रुनु हुन्न तिमीले
तिमीलाई लाग्ला
तिम्रो जिन्दगी मात्रै बेहाल छ
दमित छन इच्छाहरु
तिम्रो रोदन
तिम्रो पीडा
बुझ्दैनन नकच्चराहरु ।

तिम्रो नामको अनुदान थापेर
नेताहरु मोज गर्छन
खाली कागजमा सही छाप गराएर
राहत लेराउँछु भन्दै
उनीहरुको हिसाव फर्सौट गरी
तिमी माथि शासन गर्छन
ओ पूर्णबहादुर !
नेताहरुको ज्यादति बढि नै भयो
सक्छौ के त विद्रोह गर्न ?
नेताहरु विरुद्ध
भ्रष्टाचारको किटानी जाहेरी गर्दै
न्यायलयमा मुद्धा दायर गर ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी