सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु

  • बिहिबार, फाल्गुन ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

मलङ्गवा । सर्लाहीको इश्वरपुर नगरपालिका–१३ अन्तर्गत बाके संग्रामपुर सडक खण्डको ठिल्ला नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना समान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका ९ मिर्चैयाका अन्दाजी ३० वर्षीय मुकेश राय र सोही स्थानका अन्दाजी ३५ वर्षीय रामज्ञान राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

त्यसैगरी घाइते हुनेहरुमा हरिपुर्वा ९ का २२ वर्षीय बिक्रम राय र सोही स्थानका ४२ वर्षीय राम विश्वास राय रहेका छन। अन्दाजी राति ८ बजेको समय दुर्घटना भएको हो। कुन दिशाबाट सवारी साधन कता तिर गएको हो त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मुकेश र रामज्ञानलाई लालबन्दीको मोडेल अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका प्रादेशिक अस्पताल मलङ्गवा पठाउदा राती १० बजे तिर चिकित्सकले मृत घोषणा गरेको थियो।

समान्य घाइते भएका बिक्रम र राम विश्वासलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा राखेको छ। उनीहरुलाई ईलाका प्रहरी कार्यालय केशरगन्जमा राखिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ